महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गयो,एकजना गम्भीर घाइते
4 वर्ष पहिले प्रकाशित
साउन ४ गते ।महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
महोत्तरीको गौशाला नगरपालिका-२ निगौल सडक खण्डमा बुधबार पेट्रोल पम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा अैारही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गाैशलाका अनुसार सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नं. २-०२-००१ प ८६७९ नम्बरको मोटरसाईकल एक आपसमा ठाेक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा प्रदेश नं. २-०२-००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका-४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनकाे गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई थप उपचारको लागि काठमाडौं रिफर गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
मृतक यादवको शव परिक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे छ ।
कमेन्ट गर्नुहोस्
view comments