मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध

4 वर्ष पहिले प्रकाशित

साउन ४ गते । धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाउने निर्णयविरुद्ध जनप्रतिनिधि उभिएका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन अनुरोध गरिएको हो ।notic notic2 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?