महोत्तरीको गौशालामा एक वृद्धको शव फेला

4 वर्ष पहिले प्रकाशित

साउन ४ गते । महोत्तरीको गौशालामा एक वृद्धको शव फेला परेको छ ।

महोत्तरी गौशला नगरपालिका ५ जाल्पा मन्दिरको पछाडिपट्टि रहेको नगरपालिकाले बनाएको ट्रष्ट भवनमा सम्सी गाउँपालिका ५ बस्ने ६५ वर्षीय जिवछ मल्लिक डोमको शव फेला परेको हो ।

मागि खाने डोमको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव घटनास्थलको मुचुल्का गरि पोस्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?