जनकपुरमा अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु

4 वर्ष पहिले प्रकाशित

साउन ३ गते । जनकपुरमा अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

सोमबार साँझ ती व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अचेत अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।

मृतकको आफन्त वा कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?