बारामा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
साउन १ गते ।बारामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।
घाइते भएका दुबैजनालाई उपचारको लागि राजलक्ष्मी अस्पताल कलैयामा लगेकोमा उपचारको क्रममा कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
यस्तै साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ ।
शनिवार राति दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments