जनकपुरधाममा स्वास्थ्य सामग्रीको अवैध कारोबार आशंकामा स्वास्थ्य सामग्रीसहित तीनजना प्रहरीको नियन्त्रणमा

4 वर्ष पहिले प्रकाशित

असार ३१ गते । जनकपुरधाममा प्रहरीले स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मारेर स्वास्थ्य सामग्रीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको एउटा फ्ल्याटमा डीएसपी दिपक राई नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीको गोदाममा छापा मारेको हो।

प्रहरीले उक्त फ्ल्याटबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?