श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित सर्लाहीबाट एकजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार ३१ गते । सर्लाहीबाट श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन् ।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको छ ।

बरामद भएको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?