जनकपुरधामबाट एक जना मिटरब्याजी पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार २८ गते । जनकपुरधामबाट एक जना मिटरब्याजी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ का ४१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिहरूलाई रकमको तेब्बर, चौबर, पाँच गुणा बढी कपाली तमसुक बनाइ सोवापत जग्गा जमिन पनि पास गराइ ऋण दिने गरेका थिए।

यादवले साँवा ब्याजलगायतको रकम लिएपश्चात पनि जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिएर ठगी गरेर फरार भएका थिए।

प्रहरीमा जाहेरी परेपछि यादवलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले आइतबार साँझ जनकपुरधाम उपमहानगरपालिका– ४ बाट नियन्त्रणमा लिएको थियो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?