विवादित आदेश दिएका धनुषाका एक न्यायाधीशको जिम्मेवारी खोसियो

4 वर्ष पहिले प्रकाशित

असार २७ गते ।विवादित आदेश दिएका धनुषाका एक न्यायाधीशको जिम्मेवारी खोसिएको छ ।सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ ।

उनलाई आजदेखि नै लागू हुने गरी काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो ।

न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ ।

गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै उनले सफाइ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?