जनकपुरबाट बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने आरोपमा तीनजना युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १४ गते । धनुषा प्रहरीले जनकपुरबाट बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने आरोपमा तीनजना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको धानुषाधम नगरपालिका ३ सिनियाही बस्ने वर्ष २१ का अरविन्द मुखिया, जनकपुरधाम
उपमहानगरपालिका १ बस्ने वर्ष २१ का रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर उपमहानगरपालिका १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दास छन् ।
तीनैजनालाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुमाथि धनुषाको कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरेको आरोप छ । बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई शुक्रबार साँझ प्रहरीले उद्धार गरेको थियो ।
खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी परिवारजनलाइ जिम्मा लगाएको थियो ।
सोही दिन प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा अभिषेक दाससहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका ७ जना मध्ये ४ जना हालको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।
३ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० जितेन्द्र बस्नेतले जानकारी दिए ।प्रहरीका अनुसार अभिषेक जनकपुरमै बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोक स्थित घरमै डेरा गरी बस्दै आएका छन् ।
अभिषेककै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।अपहरण पश्चात उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । १५ लाख रुपैयाँ नदिए मारेर फालिदिने उनीहरुले परिवारजनलाई चेतावनी समेत दिएका थिए ।
अपहरण गरेको भोलि पल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरुले चेतावनी दिँदै भनेका थिए ,’हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौ । सकुशल चाहिने भए रु।१५ लाख छिटो वुझाउ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौ’
उनीहरुले मोबाइल नम्बर परिवर्तन गरी गरी पटक पटक परिवारजनलाई धम्की दिएको खुलेको डिएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार प्राविधिक विश्लेषणको आधारमा शंका लागि अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालिका उनीहरुले नै अपहरण गरेको तथ्य पता लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर समेतको सहकार्यमा प्रहरी अपहणकारी समक्ष पुगेको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिन खोज्दाँ खेत तर्फ दौडदै भाग्न थालेका थिए । प्रहरीले पक्राउ गर्न पछाडिबाट लखेट्दै पाँच राण्ड हवाई फायर गरेपछि नियन्त्रणमा लिन सफल भएको थियो । त्यसपछि उनीहरुको बयानको आधारण्मा अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं। ८ स्थित बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरेको थियो ।
पूर्व योजना अनुसार नै उनीहरुले बालिकाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments