सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु , २५ जनाभन्दा बढी घाइते
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १३ गते । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।
वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५ ५५ नम्बरको यात्रुवाहक बस फुलजोर बजार नजिकै रहेको फुलजोर खोलामा खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएकाको परिचय खुलेको छैन ।
दुर्घटनामा घाइते भएकाहरूको लालबन्दीमा रहेको स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments