धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १३ गते ।शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।
धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको हो । आठ सेल अश्रुग्यास प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ ।
५० मिटर नजिकै रहेको तीनकौरिय प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूअले आगजानी गरेको स्थानीयको आरोप छ ।
अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीको टोलि पुगेको छ ।डिएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमिकमजोरी रहेको स्वीकार गरे । उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
view comments