जनकपुर जयनगर रेल्वे अगामी चैत १९ गते उदघाटन हुने सम्भावना
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ११ गते ।नेपाल र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उदघाटन हुने सम्भावना रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।जनकपुर जयनगर रेल्वे अगामी चैत १९ गते उदघाटन हुने करिब सम्भावना छ।
‘अहिलेसम्म पूर्ण रुपमा उदघाटको मिति तय भइसकेको छैन । तर, चैत १९ गते हुने प्रवल सम्भावना छ । आज साँझसम्म मिति तय हुन्छ’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुम प्रविधिबाट उद्घाटन गर्ने उनले बताए । तर, रेल उदघाटनको लागि जनकपुरधाममा एक विशेष कार्यक्रम आयोजन उले उनको भनाइ छ ।
जनकपुर जनगर रेल फागुन महिना भर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् ।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उदघाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर जनकपुर जयनगर रेल चल्ने छ ।
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।
जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।
‘अहिलेसम्म पूर्ण रुपमा उदघाटको मिति तय भइसकेको छैन । तर, चैत १९ गते हुने प्रवल सम्भावना छ । आज साँझसम्म मिति तय हुन्छ’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुम प्रविधिबाट उद्घाटन गर्ने उनले बताए । तर, रेल उदघाटनको लागि जनकपुरधाममा एक विशेष कार्यक्रम आयोजन उले उनको भनाइ छ ।
जनकपुर जयनगर रेल फागुन महिना भर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् ।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उदघाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर जनकपुर जयनगर रेल चल्ने छ ।
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments