महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने सञ्जयकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ।
उपचारसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो शुक्रबार पक्राउ परेका हुन्।
कान्तिपुर डेण्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँत उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ।
चिकित्सक ज्ञान तथा प्रमाणपत्रविना नै रानी सिंहको दाँत उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए।
चिकित्सासमबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दाँत उखेलेको पीडितको आरोप छ। दाँत उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो। प्रादेशिक अस्पताल जनकपुरमा अत्यधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए।
अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments