जनकपुरधामको धार्मिक तथा ऐतिहासिक स्थल रंगभूमि मैदान बाह्रविघा एकसातादेखि कुरुप

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १० गते ।जनकपुरधामको धार्मिक तथा ऐतिहासिक स्थल रंगभूमि मैदान बाह्रविघा एकसातादेखि कुरुप बनेको छ । तर सरसफाइ गर्न जनकपुरधाम उपमहानगरपालिकाले कुनै चाँसो देखाएको छैन ।

चैत ३ गते १५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आइपुग्दा बाह्रविघा मैदानमा बास बसेको थियो । सो दिन भएको फोहोरले एकसातादेखि बाह्रविघा मैदान कुरुप भएर हेरिनसक्नु छ ।जवकी परिक्रमा आउँदा जनकपुरधाम उपमहानगरपालिका कार्यालयले बाह्रविघा मैदानमा व्यवसायीबाट जबर्जस्ती कर (बट्टी) असुलेको थियो ।

तर, सरसफाई भने अहिलेसम्म ध्यान दिएको छैन । बाह्रबिघा मैदान फोहोरले कुरुप देख्दा बाहिरबाट आउने श्रद्धालुभक्तजन तथा पर्यटक खिन्न हुने गरेका छन् ।उनीहरु मार्फत जनकपुरधामको विषयमा नकरात्मक संदेश जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?