महोत्तरी : गौशाला नगरपालिकामा आज शोक विदा

4 वर्ष पहिले प्रकाशित

 चैत ९ गते । 

महोत्तरीको गौशाला नगरपालिकामा आज शोक विदा दिइएको छ ।
गौशाला नगरपालिका–७ की दलित महिला वडा सदस्य अनुपिया देवी सदाको निधन भएको शोकमा नगरपालिकाले एकदिन विदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु बुधवार एकदिनका लागि बन्द गरिएको गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए । बुधवार विहान एक शोक सन्देश जारी गर्दै नगरप्रमुख महतोले दिवंगत आत्माको चिर शान्तिको कामनासहित गहिरो सम्वेदना प्रकट गर्दै आज एकदिन विदा दिइएको जनाए ।
गएराति १० बजेको समयमा सदाको निधन भएको थियो। शोक विदाका कारण सर्वसाधरणमा पर्न गएको असुविधाप्रति नगरपालिका परिवार क्षमाप्रार्थी छ, नगरप्रमुख महतोद्वारा जारी शोक सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?