सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल: महन्थ ठाकुर

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ ।

जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गर्नुभएको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताउनुभएको हो ।

उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताउनुभयो ।

यी समस्या समाधान भएमा सरकारमा सहभागी हुन लोसपा तयार रहेको पनि उहाँले बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा कुनै पनि दलसँग गठबन्धन गर्न पार्टी खुल्ला रहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?