मिथिला मध्यमा अर्थात माध्यमिकी परिक्रमा आज सम्पन्न
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ४ गते । मधेस प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा अर्थात माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।
महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो । १५ दिनको यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ ।
जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिबास गरेर १६औँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ । जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ ।
जनकपुरधाममा अन्तर्गृह परिक्रमाको भोलिपल्ट होली मनाइने परम्परा छ । त्यसैले जनकपुरधाममा भोलि र तराईका जिल्लामा आज होली मनाइँदै छ।
कमेन्ट गर्नुहोस्
view comments