मधेस प्रदेशमा यसपालि तीन दिन होली
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ३ गते । मधेस प्रदेशमा यसपालि तीन दिन होली पर्व मनाइने भएको छ । तिथि र माध्यमिकी परिक्रमाका कारण यसपालि आज, भोलि र पर्सि होली मनाउन लागिएको हो ।
पर्वते समुदायले आज, मधेसी समुदायले पूर्णिमा तिथिमा भोलि र मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरी शनिवार होली मनाउने तयारीमा छ ।
माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत् सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गरी जनकपुरधाम फर्केको हो ।
ुमिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments