मटिहानीमा कलभर्ट पुलको समुद्घाटन
4 वर्ष पहिले प्रकाशित
चैत १ गते ।
महोत्तरीको मटिहानी नगरपालिका–९ मा नवनिर्मित बक्स कलभर्ट(पुल)को समुदघाट्न गरिएको छ ।
मटिहानी–९ स्थित सिमरदही र जलेश्वर नगरपालिकाको पिगौना जोड्ने नवनिर्मित बक्स कलभर्ट पुलको उद्घाटन गरिएको हो । सोमवार एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले उक्त पुलको उद्घाटन गरेका हुन् ।
बर्षौदेखि सिमरदहीमा रहेको सो सडक खण्डको धोबियाही पैनिमा कलभर्ट नहुँदा जनतालाई आवत–जावतमा समस्या हुदै आएको थियो । नगरपालिकाको २४ लाख ८७ हजारको लागतमा बक्स कलभर्ट पुल निर्माण गरिएको नगरप्रमुख मण्डलले बताए ।
मटिहानी नगरपालिका वडा नं ९का वडाअध्यक्ष आबिद हुसैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका नेता मदन चौधरी, नेकपा एमालेका रामदहिन चौधरी, लोसपाका मोसाफिर सहनी, दिनेश चौधरी, वडासदस्य मोलाजिम नदाफ, मो. कासिम अंसारी, सरोज चौधरीलगायत स्थानीयहरूको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments