सप्तरीमा आगलागीबाट आहत भएका परिवारलाई राहत वितरण
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १ गते।धर्मी हल्फा महिला विकास क्लव सप्तरीले आगलागीबाट आहत भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा न।४ स्थित टेंगरी टोलका अग्नी पीडित परिवारहरूलाई राहत स्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, गिलास, कराही, डेकची र छोलनी लगायतका सामाग्रीहरू वितरण गरेको क्लवका अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिए ।
गत फाल्गुन २९ गते आगलागी हुँदा १३ घरपरिवारको घर जलेर नष्ट भएको थियो ।उक्त राहत वितरणमा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यास शंकर उपाध्याय, आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग,अहेव रामेश्वर यादव, साबिक प्रसवनी गाविसको निवर्तमान अध्यक्ष रामदेव यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments