धनुषाको बटेश्वर गाउँपालिका कार्यालय भ्रष्टाचार गर्ने थलोको रुपमा परिणत

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १ गते।धनुषाको बटेश्वर गाउँपालिका कार्यालय भ्रष्टाचार गर्ने थलोको रुपमा परिणत भएको छ । विकासको नाममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखाअधिकृत सुमन पुरीले सेटिंगमा योजनाहरु दिएर अनियमितता गर्ने गरेको रहस्य खुलेको छ ।

यसअघि पनि बटेश्वर गापा अध्यक्ष क्षेत्री ८ लाख घुस लिएका थिए भने केहि दिन अघि मात्र लेखाअधिकृत सुमन पुरीले योजनाको भुक्तानी दिन पहिला नै १० प्रतिशत घुस लिएको खुलासा भएको थियो ।

सो घटनाहरु सेलाउन नपाउँदै तीनैजनाले मोटो कमिसन सेटिङमा एउटै व्यक्तिका कम्पनीलाई ठूलादेखि फुटकर एक दर्जन बढी योजना गोप्य रुपाम टेन्डर र कोटेशनबाट पारेको खुलासा भएको हो । उनीहरुले रौतहटको सन्तोष केसरीको कम्पनी आर।एन। कन्ट्रक्सनलाई एक दर्जन बढी योजना गोप्य रुपमा मोटो कमिसनको सेटिंगमा पारेका हुन् ।

गापा अध्यक्ष आठ लाख घुस प्रकरणमा मुछिएको गाउँपालिका परिसरको निर्माणधीन प्रशासनिक भवनको माथिल्लो तल्ला, कार्यालयअगाडिको सडक पारि पश्चिम छेउमा निर्माण भइरहेको महादेव मन्दिर, वडा नं। १ चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माण योजना आरएन कन्ट्रक्सनलाई नै गोप्य रुपमा पारेका छन् ।

यस्तै केसरीकै कम्पनीलाई बटेश्वर गाउँपालिका वडा नं। ४ स्थित नवदुर्गा सहकारीको भवन निर्माण, वडा नं। २ पाटोटोलस्थित धर्मशाला निर्माण, वडा नं। २ कै धुमासन टोलमा बाटोमा पिसीसी ढलान, वडा नं। ४ कै उत्तरबारी टोलमा ग्राभेल लगायत एक दर्जन बढी योजना आरएन कन्ट्रक्सनलाई पारेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?