श्रीमानको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक जना महिला पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ३० गते ।श्रीमानको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक जना पक्राउ परेका छन् ।
प्रहरीले ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी ६५ वर्षीया श्रीमती श्याम कुमारी भिरकट्टालाई पक्राउ गरेको छ ।
बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ ।
घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरोले हिर्काएकी थिइन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिंहको उपचारको क्रममा अस्पतामा मृत्यु भएको थियो ।
घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments