नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ३० गते ।नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् ।
यादवले एक हजार २०६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत मात्र प्राप्त गर्न सके ।
आफ्ना प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई ५२ मतको अन्तरले पराजित गर्दै यादव कांग्रेस सभापतिमा विजयी भएका हुन्।
खसेकोमध्ये २९ मत भने बदर भएको छ प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments