नगराइनको प्रमुख प्रशासकीय अधिकृतपदमा उपसचिव महतो हाजिर हुँदै, सन्तोष शर्मा मुक्त
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २९ गते ।धनुषाको नगराइन नगरपालिकाको प्रमुख प्रशासकीय अघिकृतमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव स्तरका कर्मचारी पठाएको छ ।
मन्त्रालयले प्रशासन सेवा तर्फका तेस्रो श्रेणी नवौं तह उपसचिव ओम प्रकाश महतोलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगराइन नगरपालिकामा कामकाजमा पठाएको हो ।
यस नगरपालिकामा दुई साता अघि मात्र समान्य प्रशासन मन्त्रालयले सातौँ तह प्रशासन सेवा तर्फका सन्तोष शर्मालाई पठाएको थियो । धनुषाकै सबैला नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत रहेका शर्मालाई थप जिम्मेवारी स्वरुप नगराइन नगरपालिकामा मन्त्रालयले जिम्मेवारी दिएको थियो ।
शर्मा हाजिर भएपछि त्यहाँ प्रशासन शाखामा कार्यरत्त आठौँ तहका प्रशासकीय अधिकृत विनयकुमार सोनुले असन्तुष्टि जनाएका थिए ।
कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भन्दै उनले समान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका थिए ।
निवेदनमा उनले बरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ट कर्मचारीलाई प्रशासकीय अधिकृतको जिम्मेबारी दिँदा आफू आफू बरिष्ठ कर्मचारी के आधारमा उनको निर्देशनमा काम गर्ने ? , कनिष्ठ कर्मचारीबाट कसरी आफ्नो कार्यसम्पाद गराउने ? लगायतको प्र्रश्नसहितको निवेदन सोनुले मन्त्रालयमा दिएका थिए ।
उनले नगराइन नगरपालिकामा स्वीकृत दरबन्दी संरचना अनुसार उपसचिव ९नवौं, दशौं तह०० प्रमुख प्रशासकीय अधिकृत हुने भएकाले आफूभन्दा बरिष्ठ कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइदिन सोनुले निवेदनमा माग गरेका थिए ।
मन्त्रालयको ध्यानाकर्षण भएपछि शर्मालाई जिम्मेवारीबाट मुक्त गरि नगरपालिकाको स्वीकृत संगठन संरचना बमोजिम उपसचिव महतोलाई प्रमुख प्रशासकीय अधिकृतको पदमा सरुवा तथा पदस्थापना गरेको छ।
फागुन २७ गते मन्त्रालयले ३० जना उपसचिवको गरेको सरुवा र पदस्थापनको क्रममा महतोलाई नगराइन नगरपालिकामा पठाएको छ । उप सचिव महतो आज नगरपालिका कार्यालयमा हाजिर हुन लागेको जनाएको छ ।
नगराइन नगरपालिकाबाट उप सचिव राजकुमार केसी सरुवा भएर गएको चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको थियो । मन्त्रालयले दुई साता अघि त्यहाँ शर्मालाई सो ठाउँमा पठाएको थियो । लामो समय प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित छ ।
कमेन्ट गर्नुहोस्
view comments