नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि जनकपुरधाममा निर्वाचन सुरु हुँदै

4 वर्ष पहिले प्रकाशित

फागुन २७ 

नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि जनकपुरधाममा निर्वाचन सुरु भएको छ ।

मधेश प्रदेशको नयाँ नेतृत्वका लागि मधेशको राजधानी जनकपुरधाम र वीरगंजमा निर्वाचन जारी रहेको छ ।

शुक्रबार विहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म जारी रहने जनाइएको छ । गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित हुँदै आएको थियो ।

केन्द्र र सात वटै प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको दुई वटा प्यानल, लोसपा, एमाले र जनमतको गठबन्धन, माओवादी केन्द्र, नेकपा एस र जसपाको प्यानल र एउटा स्वतन्त्र प्यानल चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?