मधेश आन्दोलनका सहिदहरुको सालिक सहितको जनकपुरधमामा सहिदद्वारकोआज उद्घाटन

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २७ गते । मधेश आन्दोलनमा सहादत दिएका सहिदहरुको सालिक सहितको सहिदद्वारको शुक्रवार उद्घाटन हुने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।

उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ४ करोडको लागतमा सहिदद्वारको निर्माण भएको बताइएको छ ।

द्वारको उद्घाटन नगर प्रमुख लालकिशोर साहले गर्ने छन् ।मधेश आन्दोलनका सबै सहिदहरुलाई समेटिएको यो पहिलो स्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?