नेपाली कांग्रेस धनुषाको सभापति पदका लागि पुनः निर्वाचन हुने
4 वर्ष पहिले प्रकाशित
२५ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।
सोमबार भएको निर्वाचनको मतगणनाबाट कुनै पनि उम्मेदबारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।धनुषा कांग्रेस सभापति पदका लागि योगनारायण पञ्जियार, सन्तोष यादव र दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । सोमबार भएको निर्वाचनबाट पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याए । सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत ल्याए ।
कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना ९पञ्जियार र यादव०बीच फेरि प्रतिस्पर्धा हुने छ ।
कमेन्ट गर्नुहोस्
view comments