महोत्तरीमा सुमोले मोटरसाइकलमा ठक्कर दिँदा एक बालकसहित दुईजनाको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २४ गते । महोत्तरीमा सुमोले मोटरसाइकलमा ठक्कर दिँदा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेका छन् ।

सोमबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र।२९०२९००१ च।०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए ।

दुबैजनालाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबैजनाको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?