नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २३ गते । नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

आज सोमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो । आज बिहान ९ बजेदेखि पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने भनिएको थियोे । चुनाव स्थगित भएपछि तोकिएको समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

संस्थापन पक्षले इच्छाएको व्यक्तिलाई मतदान गर्न दिनपर्ने र संस्थापन इतर पक्षले इच्छाएको व्यक्तिको साटो परिवार वा नातागोतालाई मात्र मतदान गर्न दिनपर्ने अडान राखेपछि विवाद भएको हो । मतदान नगर्ने उद्देश्यले संस्थापन इतर पक्ष लागिपरेको संस्थापन पक्षको आरोप छ भने इतर पक्षले हिजो बनाएको आचारसंहिता आज आफैँले नमानेको बताएको छ ।

जिल्ला अधिवेशनअन्तर्गत सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय सभापतिका लागि चुनावी प्रतिस्पर्धा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?