नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत धनुषामा आज निर्वाचन हुँदै
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २३ गते । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत धनुषामा सोमबार निर्वाचन हुँदैछ। पटक(पटक स्थगित हुँदै आएको अधिवेशन सोमबार निर्वाचन प्रक्रियाबाट टुंगो लाग्ने भएको छ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा निर्वाचन हुँदैछ। जिल्ला सभापतिका लागि धनुषामा तीनजना उम्मेदवार रहेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियार र शेखर कोइरालाको समूहबाट दिनेश प्रसैलाले सभापतिमा उम्मेदवारी दिएका छन्।तीनै जना उम्मेदवारले पहिलो चरणमै आफूहरु जित्ने दावी गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments