मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका २ अमुवा खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
हरिपुरमा लागेको चितईन मेला हेरेर महोत्तरी औरही जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल हिजो मङ्गलवार राति अमुवा खोलाको पुलबाट खस्दा महोत्तरीको औरही नगरपालिकाका चन्दनकुमार साह र सर्लाही कविलासी नगरपालिकाका रामविश्वस मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीेले जनाएको छ ।
आज बुधवार बिहान १० बजेतिर पुलमुनि मोटरसाइकल र मृतकको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments