सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र।२(०३(०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका(२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका(३ बस्ने ३५ वर्षका मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको र शरीरमा गम्भीर चोट लागी घाइते भएका उनलाई उपचारको लागि बरहथवा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments