महोत्तरीमा एम्वुलेन्सले ठक्कर दिदा एकजना साईकलयात्रीको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ फाल्गुन ५,गौशाला। महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा एम्वुलेन्सले ठक्कर दिदा एकजना साईकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्र्तगत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्वुलेन्सले ठक्कर दिदा गौशाला नगरपालिका ११ भरतपुरका ३५ बर्षिय तेजनारायण महतोको मृत्यु भएको हो ।

रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्वुलेन्सले ठक्कर दिदा महतो घाईते भएको थियो । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको वाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक महतोको शव पोस्टमार्डमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । अहिले ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाही वरहथवा नगरपालिका ९ का ३४ बर्षिय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको डिएसपी विष्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?