भारतका चार विश्वविद्यालयका उपाधिको समकक्षता रद्द, त्रिविको निर्णय

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते ।  त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट प्राप्त उपाधिमा यसअघि प्रदान गरिएको समकक्षता रद्द गरेको छ। केन्द्रले बिहीबार सूचना जारी गर्दै मेघालयस्थित CMJ University, Techno Global University (Shillong), मणिपुरस्थित Sangai International University तथा झारखण्डस्थित Pragyan International University का उपाधिको समकक्षता रद्द गरिएको जनाएको हो।

केन्द्रका अनुसार यसअघि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित पक्षलाई प्रमाण पेश गर्ने अवसर दिइएको थियो। तर, पेश गरिएका कागजातबाट समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार नदेखिएकाले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम सम्बन्धित व्यक्तिका नाममा जारी गरिएका समकक्षता पत्र रद्द गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?