महोत्तरीमा वुधवार एक महिलाको लास फेला परे
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ५ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ मा जंगल क्षेत्रमा वुधवार एक महिलाको लास फेला परेको छ।
उक्त नगरपालिकाको ११ नम्वर गाउँ भन्दा उत्तर तथा लक्ष्मिनिया सडकमा पर्ने रेलवे लिक भन्दा ५०० मिटर पश्चिम र वाँके खोला भन्दा ३०० मिटर सय पुर्वमा पर्ने पुल भन्दा १०० मिटर दक्षिण जंगलमा २८ वर्षिय महिला मृत्य अवस्थामा फेला परेका जिल्ला प्रहरीले जानकारी दिएका छन ।
महिलाको घाँटीमा कपडा कसिएको टाउको रगत बगेकोले कर्तव्य गरि मारेको प्रारम्भिक अनुमान गरिएको छ ।
लासलाई मुहचुलिका उठाई पोष्ट म्याटमको जिल्ला अस्पताल जलेश्वर पठाईएको छ र थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता जानकारी दिएका छन ।
उता मंगलवार दुई नवालकलाई अज्ञात व्यक्तिले एउटा सानो पसलमा राखेर गएको तर आज सम्म त्यो व्यक्ति नआएको कारण अशंका पढेको छ। एक दिन पहिले नवालकलाई छोडेर गएको र भोलि पल्ट महिलाको मृत्य अवस्था त्यहि क्षेत्रको नजिकको जंगलमा बेवारिस अवस्थामा फेला परेका थिए।
उता गएराति फेला परेका दुई वच्चाहरु अहिले स्थानियवासी दिनेश महतोको आश्रयमा रहेका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा गौशालाका उपसभापति समेत रहेका महतोले ती वालकहरुको संरक्षणमा लिई स्यारसुहार गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले ती वच्चा र मृत अवस्थामा भेटिएकी महिलाको सम्बन्धमा जोडेर थप अनुसन्धान गर्दै आएको डिएसी विष्टले बताए । डिएसपी विष्टले भने, ‘अहिले ठयाक्कै केही भन्न सक्दैन । प्रहरीहरु घटनास्थलमा पुगि अनुसन्धान गर्दैछन् । भेटिएका ती वच्चाहरु मृतककै सन्तान हुन कि भनेर प्रहरी विभिन्न तरिकाले अनुसन्धान गर्दैछन् ।
कमेन्ट गर्नुहोस्
view comments