बक्यौता तलबका लागि धाउँदा धाउँदै शिक्षा कार्यालयमै शिक्षकका श्रीमान्को मृत्यु

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २९ गते ।  बिहारको पूर्वी चम्पारण जिल्लास्थित जिल्ला शिक्षा कार्यालय परिसरमै एक शिक्षकका श्रीमान्को मृत्यु भएको छ। बक्यौता तलब भुक्तानीका लागि कार्यालय पुगेका अरविन्द कुमार अचानक अस्वस्थ भएर ढलेपछि घटनास्थलमै मृत्यु भएको हो।

मृतककी श्रीमती तथा शिक्षिका रश्मि स्वराजका अनुसार चार वर्षदेखि रोकिएको तलबका लागि पटक–पटक कार्यालय धाउँदै आएकी थिइन्। आवश्यक कागजात पूरा गर्ने क्रममा सोमबार पनि श्रीमान्सँगै शिक्षा कार्यालय पुगेकी थिइन्। सोही क्रममा अरविन्दको छातीमा पीडा भएपछि लडेर मृत्यु भएको उनले बताइन्।

घटनापछि जिल्ला शिक्षा पदाधिकारी राजन कुमार गिरीले घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। शिक्षकको तलब किन रोकिएको थियो र त्यसमा कुनै कर्मचारीको लापरबाही थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। दोषी देखिए विभागीय कारबाही गरिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?