सातै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना प्रक्रिया अघि बढ्यो

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २६ गते ।  सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने तयारीअन्तर्गत गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई अवधारणापत्र बुझाएको छ। मन्त्री पोखरेलले गत चैत १९ गते अटिजम दिवसका अवसरमा प्रत्येक प्रदेशमा एक–एक अटिजम नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेका थिए। प्रतिवेदन पेस भएसँगै आगामी आर्थिक वर्ष २०८३/८४ देखि विद्यालय स्थापना प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रत्येक प्रदेशमा २८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माण गर्न प्रति प्रदेश तीन करोड रुपैयाँका दरले कुल २१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रारम्भमा जग्गा प्राप्ति, त्यसपछि भौतिक संरचना निर्माण, आवश्यक मापदण्ड तयार गर्ने, शिक्षकलाई तालिम दिने र अटिजम भएका बालबालिकाको स्क्रिनिङ प्रक्रिया अघि बढाइनेछ। प्राविधिक समितिले सातै प्रदेशमा विद्यालय स्थापना गरी केन्द्रमा अनुसन्धान केन्द्रसमेत निर्माण गर्न सुझाव दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?