लागूऔषधसहित बाराबाट दुई जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ५ गते। बाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?