धनुषाबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ३ गते।धनुषाबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज।१२ प। ०६ नम्बरको मोटरसाइकलसहित जनकपुरधाम उपमहानगरपालिका १९ मुसहरी टोल बस्ने २० वर्षीय सुमित मेस्तर र वडा नं। ४ बस्ने १९ वर्षीय सुजित कुमार महतो छन् ।

प्रहरीका अनुसार मेस्तर माघ २८ गते रातीको समयमा स्थानीय एक निर्माणधीन घरबाट मोटरसाइकल, पानी तान्ने मोटर र कल समेत चोरी गरी फरार भएका थिए ।

त्यस्तै महतोले माघ २८ गते दिउँसो जनकपुर उप९महानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडीबाट ज ८ प ६२२ नम्बरको मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

दुबैजनामाथि चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?