ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना गम्भीर घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ३ गते। सप्तरीको डाक्नेशवरी नगरपालिका वडा न।–९ स्थित महुकी पत्थरगाडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

सप्तरीको अर्नाहाबाट पत्थरगाढातर्फ गइरहेको स।१ त ६१०८ नम्वरको रड लोड गरिएको ट्याक्टर गएराति आफे अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न।–३ का २७ वर्षीय सन्तोष कुमार सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सदाको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सोही दुर्घटनामा छिन्नमस्ता गाउँपालिका वडा न।–३ कै २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यता सो दुर्घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?