बलिउड अभिनेता राकेश बेदी काठमाडौंमा, पशुपतिनाथ दर्शनदेखि दर्शक भेटघाटसम्म व्यस्त कार्यक्रम

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २५ गते ।  भारतीय चलचित्रका चर्चित अभिनेता राकेश बेदी आफ्नो नयाँ फिल्म है जवानी तो इश्क होना है को प्रवर्द्धन तथा भ्रमणका लागि काठमाडौं आएका छन्। आइतबार नेपाल आइपुगेका उनले सोमबार बिहान पशुपतिनाथ मन्दिर मा पूजा–अर्चना तथा दर्शन गरेका छन्। हाल नेपालभर प्रदर्शन भइरहेको उक्त फिल्मको प्रचारका लागि उनलाई वितरण कम्पनीहरूले काठमाडौं ल्याएका हुन्। पछिल्लो समय उनी धुरन्धर मा निर्वाह गरेको ‘जमील जमाली’ पात्रका कारण थप चर्चामा छन्।

काठमाडौं बसाइका क्रममा बेदीले विभिन्न सिनेमा हलको भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, नेपाली चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने र मण्डला थिएटरमा आयोजना हुने ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुने तालिका छ, जहाँ अभिनेता विजय बराल ले कार्यक्रम सञ्चालन गर्नेछन्। भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रमा लामो समयदेखि सक्रिय बेदीले दर्जनौं चलचित्र र लोकप्रिय टेलिशृंखलामा अभिनय गरिसकेका छन्। उनको हालैको फिल्मले नेपालमा समेत उल्लेखनीय व्यापार गर्दै वर्षकै सफल विदेशी चलचित्रमध्ये स्थान बनाउन सफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?