धनुषाको बटेश्वर गाउँपालिकामा निर्माणाधीन दश बेडको हस्पिटल भवनमा दुई नम्बर इँटाको प्रयोग हुँदै
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ३ गते।धनुषाको बटेश्वर गाउँपालिकामा निर्माणाधीन दश बेडको हस्पिटल भवनमा मापदण्ड विपरीत दुईनम्बर इँटाको प्रयोग भइरहेको पाइएको छ । गाउँपालिका कार्यालयदेखि झण्डै एकसय मिटर पश्चिममा ८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको भवनमा दुई नम्बर इँटा प्रयोग भइरहेको हो ।
संघीय सरकार बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर गउँपालिका कार्यालयले ओम वुद्ध हरितारा भेनस जेभीले निर्माण कम्पनीलाई दिएको छ ।
सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै भवन ठड्याउन लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
निर्माण स्थलमा तीन ट्रक दुई नम्बर इँटा खसालिएको छ । सोहि इँट्टाबाट भवनको वाल ठड्याउने काम भइरहेको छ ।
कार्यालय छेउमै अस्पताल भवनको जगमै दुई नम्बर इँटा प्रयोग भइरहँदा जनप्रतिनिधि र कर्मचारी मुकदर्शक बनेका छन् । जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा सो भवनमा दुई नम्बर इँटा प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
‘कार्यालय छेउमै यस्तो गुणस्तरहीन काम भइरहदा जनप्रतिधिलाई थाहा नहुने कुरै छैन । सबैले प्रत्यक्ष देखिरहेका छन्’ स्थानीय संजिव महतोले भने ‘तर, भित्र मोटो कमिसनको खेल भएको छ । यसअघि पनि गापा अध्यक्ष राउत
गाउँपालिकाकै प्रशासनिक भवन निर्माणमा ८ लाख रुपैयाँ घुस लिँदा फन्दामा परेका थिए । यस्तो सेटिंग मिलाउर र घुस खान उनी माहिर छन्’
उनले गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत र प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीको संलग्नतामा नै दुई नम्बरी काम भइरहेको आरोप लगाए ।भवन निर्माण स्थलमै पुगेका स्थानीय गणेश साहले भवन निर्माणमा कुनै पनि काममा दुई नम्बर इँटा प्रयोग हुनु गलत भएको तर्क गरे ।
कार्यालयका इन्जिनियर जितेन्द्र यादवले आफूबाट कामको जिम्मेबारीहरु प्रशासकीय अधिकृतले खोँसेकाले निरीक्षण नगरेको बताए ।
यत गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले अनुगमनको क्रममा पनि दुई नम्बर इँटा निर्माण स्थलमा खसालिएको बताइन् । ‘दुई दिनअघि निरीक्षणमा पुग्दा हामीले पनि कमसल इँटा देख्यौं । त्यो प्रयोग नगर्न हामीले भनेर आएका हौं । फेरि प्रयोग भइरहेको विषयमा हामीलाई थाहा भएन ।’ उपाध्यक्ष महतोले भनिन् ।
कमेन्ट गर्नुहोस्
view comments