खेसारी लाल यादवले पवन सिंहलाई दिए कडा जवाफ : “म उनको चमचा होइन”

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, जेठ २१ गते । भोजपुरी सुपरस्टार खेसारी लाल यादवले एक पोडकास्टमा पवन सिंहमाथि तीखो प्रहार गरेका छन् । उनले भने, “पवन सिंहले भनेका थिए कि खेसारीसँग कहिल्यै काम गर्दिनँ, तर उनीपछि म यो इन्डस्ट्रीमा आएर उनीभन्दा बढी फिल्म गरिसकेको छु । उनीसँग मैले जम्मा एक फिल्म मात्र गरेको छु ।” खेसारीले आफूलाई पवन सिंहको चमचा नभएको स्पष्ट पारे ।

काजल राघवानीबारे बोल्दै खेसारीले भने, “उसबेला उनी मेरा लागि सही थिइन्, आज पनि सही छन् । मर्दको प्यार होइन, बानी बस्छ । प्यार हुँदा बेबी-सोना भनिन्छ, ब्रेकअपपछि सबै गलत भनिन्छ ।” उनले आफ्नो संघर्षबारे पनि सुनाएका छन् । बचपनमा दूध बेच्ने, दिल्लीमा लिट्टी चोखा बेच्ने, मनोज तिवारीको घरमा लुकेर बस्ने जस्ता कुराहरू उल्लेख गर्दै खेसारीले आफ्नो सफलताको यात्रा सुनाए । उनले काजलले आफ्नो करियरलाई नयाँ उचाइ दिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?