सप्तरीमा आगलागी हुँदा ८५ वर्षीय वृद्धको जलेर मृत्यु

5 वर्ष पहिले प्रकाशित

३ पुस, २०७७

सप्तरीको राजविराज नगरपालिका वडा न. –१६ बोरिमा आज विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।

अचानक गाइको गोठमा आगलागी हुदा गोठमा सुतिरहेका अवस्थामा ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

सोही आगोबाट घरमा रहेको करिब एक लाख रुपैयाँ भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । यता आगो स्थानीय प्रहरी, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासिन्दाको सहयोगमा झन्डै दुई घण्टापछि नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?