वीरगञ्जबाट लागु औषधसहित एक भारतीय नागरिक पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ३ गते । वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा(१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ परेका हुन् ।
सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं।१४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको थियो ।शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एनुर्फिन, डाइजीपाम र फेनारगन एकरएक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments