सर्लाहीमा आगोले जलेर वृद्धको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २ गते । सर्लाहीमा आगोमा जलेर एक वृद्धको ज्यान गएको छ ।बागमती नगरपालिका ८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साहलाई छिमेकीले तत्कालै उद्धार गरेका थिए । तर, पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?