कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को प्रशंसा, अनुराग कश्यपले भने– नेपाली सिनेमाको ठूलो छलाङ

2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ ८ गते । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ ले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा प्रशंसा बटुलेको छ । बुधबार कान्समा वर्ल्ड प्रिमियर गरिएको फिल्मलाई भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपले खुलेर सराहना गर्दै यसलाई नेपाली सिनेमाको “ठूलो छलाङ” का रूपमा वर्णन गरेका छन् । फिल्मसम्बन्धी सामाजिक सञ्जाल प्लेटफर्म लेटरबक्स्डमा समीक्षा लेख्दै उनले आफूले कान्समा हेरेका फिल्ममध्ये यसमा रहेको अन्तिम दृश्य सबैभन्दा उत्कृष्ट लागेको बताएका छन् ।

अनुराग कश्यपले अभिनेत्री पुष्पा थिङ लामाको अभिनयलाई अत्यन्त प्रभावशाली र शक्तिशाली रहेको उल्लेख गरेका छन् । उनले निर्देशक अविनाशविक्रम शाहले लेखकबाट निर्देशकमा गरेको यात्रा निकै सशक्त रहेको प्रतिक्रिया दिएका छन् । साथै दीपक रौनियारको ‘ह्वाइट सन’, पूजा गुरुङ र मीन भामको ‘कालो पोथी’ तथा ‘शाम्बाला’पछि नेपाली सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो उपस्थिति देखाएको पनि उनले बताएका छन् । ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धात्मक विधा ‘अन सर्टेन रिगार्ड’ अन्तर्गत प्रदर्शन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?