गगन थापा द्वारा समयमै एसइई नतिजा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद
4 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख २९ गते । नेपाली कांग्रेसका सभापति गगन थापा ले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएकोमा नेपाल सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिएका छन्। यस वर्ष एसइई परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक गरिएको छ, जबकि अघिल्ला वर्षहरूमा नतिजा आउन झण्डै तीन महिनासम्म लाग्ने गरेको थियो। सोमबार सार्वजनिक गरिएको नतिजाप्रति प्रतिक्रिया जनाउँदै थापाले सफल विद्यार्थीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अपेक्षित ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै ग्रेड वृद्धि परीक्षा आफूलाई प्रमाणित गर्ने अर्को अवसर भएको बताएका छन्। साथै विद्यार्थीहरूको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारलाई सक्रिय समन्वय गर्न आग्रह गरेका छन्। उनले समयमै नतिजा सार्वजनिक गर्न योगदान पुर्याउने सरकार, परीक्षा बोर्ड र सम्बन्धित सम्पूर्ण निकायप्रति धन्यवाद तथा बधाईसमेत व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments