सुचित्रा फेरि तृषा कृष्णन माथि आक्रामक, थलपति विजय को पारिवारिक जीवनबारे उठाइन् प्रश्न
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, बैशाख २९ गते । भारतीय गायिका सुचित्रा ले फेरि अभिनेत्री तृषा कृष्णन लाई निशाना बनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन्। हालै थलपति विजय को शपथ ग्रहण समारोहमा तृषाको उपस्थितिलाई लिएर चर्चा भइरहेका बेला सुचित्राले विजयकी पत्नी संगीता र उनका बच्चाहरूको मानसिक अवस्थाबारे सोच्न आग्रह गरेकी हुन्। उनले विजय र तृषाबीचको निकटतालाई लिएर आलोचना गर्दै “सम्बन्धले परिवारमा कस्तो असर पारेको छ भन्ने बुझ्न आवश्यक छ” भन्ने आशयको पोस्ट गरेकी छन्। यसअघि पनि उनले तृषालाई ‘प्यारासाइट’ भन्दै सफल व्यक्तिको जीवनमा प्रवेश गर्ने व्यक्ति भनेर टिप्पणी गरेकी थिइन्।
उता विजयकी पत्नी संगीता सोरनलिंगमले सन् २०२६ अप्रिलमा अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरिसकेकी खबर सार्वजनिक भइसकेको छ। निवेदनमा उनले विजयमाथि मानसिक यातना तथा एक अभिनेत्रीँग सम्बन्ध रहेको आरोप लगाएकी बताइएको छ। यद्यपि यी आरोपबारे विजय वा तृषाको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। सामाजिक सञ्जालमा भने यो विषयलाई लिएर समर्थकहरूबीच तीव्र बहस भइरहेको छ, जहाँ केहीले सुचित्राको अभिव्यक्तिलाई समर्थन गरेका छन् भने धेरैले व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा विवादित बनाउनु उचित नभएको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments